Home मुख्य समाचार कैलाशमा पुल शिलान्यास

कैलाशमा पुल शिलान्यास

संघीय सांसद विरोध खतिवडाले पुलको शिलान्यास गर्नुहुँदै ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ३ र ७ जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । शुक्रबार संघीय सांसद विरोध खतिवडाले पुलको शिलान्यास गर्नुभएको हो ।

चुनिया–नामटार–कालिकाटार–भार्ता–खैराङ सडकअन्तर्गत् कालीखोलामा पक्की पुल निर्माणको औपचारिक सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभएको छ । तीन करोड ५५ लाख २३ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की पुलको लम्बाई ४० मिटर र चौडाई ८ दशमलव ४ मिटर रहेको छ ।

एलिट कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । २०७८ साल मंसिर महिनासम्ममा पुल निर्माण गरेर सक्नुपर्नेछ । पुलको शिलान्यास कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान, नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला कमिटी सचिवालय सदस्य बालकुमार मल्ल, सदस्य नरेन्द्रलाल रिजाल, विभिन्न दलका स्थानीय नेताहरु, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version