साङ्केतिक तस्बिर goole.com

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४ सय विद्यार्थीलाई बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले छात्रवृत्ति रकम वितरण गर्नुभयो ।

बागमती प्रदेश सरकार र एस्थर बेन्जामिनको सहयोगमा निर्मित डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटनसमेत गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले बताउनुभयो । कार्यक्रममा विद्यालयका ४ जना शिक्षकलाई सम्मान गरिएको छ । १२ कक्षाको वार्षिक परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरु गीता अधिकारी, सविता लामिछाने, अमरनिधि उप्रेती र महेश पोद्धारलाई सम्मान गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर थिङ सोविनको अध्यक्षतामा भएको थियो ।