हेटौंडाः मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबलको फाइनल खेल पुस ४ गते शनिबार हुने भएको छ । फाइनलमा मनहरी ३ र ७ नम्बर वडाबिच खेल हुने भएको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा ७ नम्बर वडाले ४ नम्बर वडालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

गाउँपालिकाको ९ वटै वडाले सहभागिता जनाएको तेस्रो अध्यक्ष कपको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।