हेटौंडाः मकवानपुरमा बिहीबार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार बिहीबार हेटौंडा उपमहानगरका ८ जना र मनहरी गाउँपालिकाका १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ५ महिला र ४ पुरुष छन् । बिहीबार हेटौंडा उपमहानगरका २४ जनासहित ५५ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो ।