हेटौंडाः मकवानपुरमा बिहीबार १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार १० जना हेटौंडा उपमहानगर क्षेत्रका र २ जना बागमती गाउँपालिकाका छन् । संक्रमित मध्ये ४ जना महिला र ८ जना पुरुष छन् । बिहीबार ३२ जनाको स्वाब संकलन गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।