हेटौंडाः हेटौंडा-९ स्थित प्रगति माध्यामिक विद्यालयका २०५८ र ०५९ सालका एसएलसि ब्याचका विद्यार्थीहरुले विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य एवम् विद्यालयका भुपु विद्यार्थी सुकराम केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुमणी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सहयोग सामग्रीमा ३५ सय पिस मास्क, २० लिटर सेनेटाइजर, दुइवटा ज्वरो नाप्ने थर्मल गन, एक कार्टुन हात धुने साबुन, दुइवटा फेस सिल्ड लगायतका सामग्रीहरु रहेको थियो ।