वडा भेला तथा क्रियाशील सदस्यता वितरण कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेमा ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बकैया गाउँपालिका ६ नम्बर वडा समितिले सोमबार ज्यामिरेमा आयोजना गरेको वडा भेला तथा क्रियाशील सदस्यता वितरण कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेस बकैया गाउँपालिका ६ नम्बर वडा सभापति सुशान भ्लोनको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम भएको हो । वडा भेला तथा क्रियाशील भेला कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, महासमिति सदस्य धर्मराज लामिछाने, प्रतिनिधिसभा १ का संघीय सभापति एवम् बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सदस्य सेतेमान बल, बकैया गाउँपालिका सभापति भूमिनन्द गौतम, बकैया गाउँपालिका सचिव लोकेन्द्र माझीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, हेटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालालगायतका नेता, कार्यकर्ता, क्रियाशील सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।