हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा वाणिज्यतर्फका ४५ र उद्योगतर्फका २९ वटा गरी ७४ वटा फर्महरु खारेज गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा घरेलु कार्यालयले उद्योग दर्ता तथा नवीकरणबापत १ करोड ४९ लाख ५६ हजार रुपैया राजश्व संकलन गरेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताउनुभयो ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ सय ४७ वटा उद्योग दर्ता, ४ सय ११ वटा उद्योग नवीकरण, २५ वटा उद्योग नामासारी तथा १२ वटा उद्योग ठाउसारी गरेको छ ।