हैटौंडाः मकवानपुर जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम गरि १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान चलिरहको छ । तर, जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक महिनासम्म ७२ वटा विभिन्न किसिमका घरेलु हिंसाको उजुरी आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रमहरु गरिूदै आए पनि महिलामाथि हुने हिंसा उस्तै रहेको चालु आर्थिक वर्षको ४ महिनामा परेको उजुरीले देखाएको छ । जिल्ला प्रहरी कार्यलयमा मकवानपुरमा गत साउन महिनामा मात्र २१ वटा घरेलु हिंसाको उजुरी परेकोमा १० वटा मिलापत्र गरिएको, ६ वटा जिल्ला अदालतमा गएको र ५ वटा अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।
भदौ महिनामा १४ वटा उजुरी परेकोमा ११ वटा मिलापत्र गरिएको, २ वटा अदालतमा गएको र एउटा उजुरी अनुसन्धानकै क्रममा रहेको छ । त्यस्तै, असोज महिनामा २३ वटा घरेलु हिंसाको उजुरी परेकोमा १९ वटा मिलापत्र गरिएको, ३ वटा अदालतमा गएको छ भने एउटा अनुसन्धानकै क्रममा रहेको छ । कात्तिक महिनामा १४ वटा घरेलु हिंसाको उजुरी आएकोमा ९ वटा उजुरीको मिलापत्र गरिएको, एउटा जिल्ला अदालत मकवानपुर गएको र ४ वटा उजुरीहरु अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यलयमा मकवानपुरले जनाएको छ ।