मकवानपुरको पर्यटकीय स्थल शहीद स्मारक


हेटौंडाः मकवानपुरको प्रमुख पर्यटकीय स्थल शहीद स्मारकमा पर्यटकहरुले भ्रमण गर्न थालेका छन् । कोरोना भाइरसको जोखिमका कारण लामो समय बन्द भएको तथा पर्यटककको आवागमन मन्द भएको स्मारक अहिले भरिभराउ हुन थालेको छ ।

शनिबार स्मारकमा मकवानपुर जिल्लाबाहिरबाट समेत पिकनिक मनाउन आउने र आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो । हेटौंडाको पर्यटकीय क्षेत्र शहीद स्मारकमा शनिबार धेरै भिडभाड हुने बताइएको छ । अन्य दिनमा थोरै संख्यामा पर्यटकहरु आउने गरेको शहीद स्मारक व्यस्थापन समितिले जनाएको छ ।

कोरोनाको जोखिमका कारण बन्द भएको शहीद स्मारकमा शनिबार करिब एक हजार पर्यटकहरुको उपस्थिति रहेको थियो । स्मारक भ्रमणमा आएका अधिकांशले कोरोना भाइरसलाई बेवास्ता गर्दै मास्कसमेत लगाएका थिएनन् ।