अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक विकासमन्त्री युवराज दुलाल ।

हेटौंडाः बागमति प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई शनिबार अभिमुखीकरण गरेको छ । संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषद्बीच पहिलो कार्यक्रम हो । प्रदेश र संघबीच समन्वय र सहकार्यको शुरु भएको अर्थमा कार्यक्रम भएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइरालाले मन्तव्य राख्नु भएको थियो । उहाँहरुले योजना बनाई प्रदेश र राखेपबीच समन्वय गरी काम गर्नुपर्ने बताउनु भयो । कार्यक्रम बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख कुल बहादुर थापा र भण्डारीले अध्यक्ष र कर्मचारी बीच सहकार्य बारे अवधारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरुको सहभागीता रहयो ।