हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा राजतन्त्रको माग गर्दै आज बृहत मोटरसाइकल र्याली भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज र्यालीको आयोजना गरेको हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/129310494_759554841319960_5415903027634555580_n-1024x768.jpg)
पार्टी कार्यालयबाट सुरु भएको र्याली हेटौंडाको कान्तिराजपथ हुँदै, पारिजातपथ, मेनरोड, टिसिएन, राप्तिरोड, बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/128801587_3656225431098606_549729329389306017_n-1024x768.jpg)
र्यालीले राजतन्त्रको माग गर्दै, हिन्दु राष्ट कायम गर, संघीयता खारेज गर, हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाउ नारा लगाएर राजतन्त्र नेपालमा फर्कने संकेत गरेका छन् ।