हेटौंडाः मकवानपुर जिल्लामा मंगलबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार ६ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मंगलबार संक्रमण पुष्टि हुनेमा हेटौंडाका ८ जना, थाहा नगरपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ३ जना र भीमफेदी गाउँपालिकाका १ जना छन् । मंगलबार बिहान संकलित ४७ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।