मनहरीः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा आज १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । मनहरीको १५ शैयासहित आज दशैभर ३९६ वटा अस्पतालहरुको शिलान्यास भएको छ ।

मनहरीमा १५ शैया अस्पताल भवनको शिलान्यास गर्नुहुँदै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मनहरीमा निर्माण हुने अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । १८ करोडको लागतमा बन्ने उक्त भवनको लागि संघीय स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा केही बजेट निकास गरेकोे गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाअध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, बागमती प्रदेशका सांसद ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट लगायतको उपस्थिति रहेको थियो ।