प्रविन पराजुली, कमाने

मेरै देश मसँग झस्कन पुग्यो के काम गल्ती गरेँ ?
मै देख्दा बहिनी, दिदी पनि डरे आश्चर्यमा मै परेँ ।
यसको बीज समाज हो कि त म हुँ, कस्ले बढायो डर,
मेरो यो अनुहार धोउँ कसरी रु देऊ न ए उत्तर ॥१॥

माथैमा परिवार भार छ ठुलो आकार बढ्दै गयो,
आम्दानी छ सुको सुक्यो मुख सबै बेहाल मेरो भयो ।
छोडेँ देश, विदेशमा श्रम गरेँ, मिल्दैछ केही भर, भाग्यौ रु
भन्दछ देशले विनासिती देऊ न ए उत्तर ।।२॥

रातो रक्त छ तात्छ यो मुलकको चीनो हराए पछि,
सीमा होस् कि विमान होस् समयले आशा लगाएपछि
बस्छौ मौन बुझेर हो कि जनता १ अन्जान छौ आखिर रु
लड्छौ साथ दिएर वा डर बढ्यो देऊ न ए उत्तर ॥३॥

एकाएक अनेकका हृदयका कुकृत्य देख्दा झनै,
यस्तै चाल चले र चूप म बसे, बन्दैन यो देश खै ।
हेरुन् मार्ग बताउँदै अरुहरू हामी गरौँ जाँगर,
यो बेठीक भयो कि ठीक हुन गो देऊ न ए उत्तर ।।४॥