हेटौंडाः जिल्ला खेलकुद विकास मकवानपुरले अन्तर्राष्ट्रिय भर्चुअल पुम्से (काँता) प्रतियोगितामा स्वर्ण पदक जित्न सफल निरु कुमारी मगरलाई बिहीबार सम्मान गरेको छ । गत कार्तिक महिनामा भएको भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसीपमा मकवानपुरकी तेक्वान्दो डोजाङ खेलाडी एवम् प्रशिक्षक निरु मगरले स्वर्णपदक जित्न सफल हुनु भएको थियो ।
कार्यक्रममा मकवानपुर खेलकुद विकास समितिको अध्यक्ष सानु लामाले च्याम्पियनसीपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेको थिए । नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी निरुले ४० बर्ष भन्दा माथि उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालको तर्फबाट स्वर्णपदक जित्न सफल भएकी हुन् । अध्यक्ष लामाले मकवानपुर खेलकुदको उर्वरभूमि रही आएकोमा कोरोना महामारीको कारणले गर्दा ७–८ महिनामा पछाडी धकेलिए तापनि अब खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भएको छ ।