हेटौंडाः आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहहरुमा कार्यान्वयन गर्नुपर्ने शिक्षासम्बन्धी कार्यक्रमहरु कार्यान्वयनका लागि दुई दिने अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । मकवानपुर जिल्लाका स्थानीय तहका पदाधिकारीहरुका लागि शिक्षा विकास तथा समन्वय ईकाइ, मकवानपुरले कार्यशाला आयोजना गरेको हो ।

कार्यशालाको पहिलो दिन बुधबार हरेक पालिकाका बर्षभरिका शैक्षिक कार्यक्रम, शैक्षिक निकासा, प्रक्रिया तथा अन्य शैक्षिक गतिविधिहरु कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो ।
बिहीबार मन्त्रालयअन्तर्गत् बर्षभरिका लागि शिक्षा क्षेत्रमा छुट्याइएको बजेटसहितको शिक्षा मन्त्रालयअन्तर्गत्को कार्यक्रम कार्यान्वयन पुस्तिकाबारे छलफल गरिएको छ । कार्यशालाका सहभागीहरुलाई कार्यक्रम कार्यान्वयन पुस्तिका वितरणसूगै कार्यान्वयन प्रक्रियाका बारेमा आवश्यक सहजीकरण गरिएको हो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि उपलब्ध गराउने सुविधाका बारेमाा पनि सहजीकरण गरिएको थियो ।

स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका सशर्त अनुदानका कार्यक्रमका बारेमा सबै पालिकालाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका प्रमुख लीलानाथ गौतमले बताउनु भयो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव खुबिराम अधिकारीको सभाध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरका सबै गाउूपालिकाका जनप्रतिनिधि र शिक्षा शाखा प्रमुख गरी १८ जनाको सहभागिता रहेको कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरुसूग अन्तरक्रिया समेत भएको थियो ।