हेटौंडा–४ स्थित भुटनदेवी मावि खोप केन्द्रमा एक बालकलाई भिटामिन ए र जुकाको औषधी खुवाउ“दै स्वास्थ्य स्वयम्सेविकाहरु । तस्वीरः मुना डिम्डुङ ।

हेटौंडाः राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज शुक्रबार पनि देशभर जुकाको औषधी १ बर्षदेखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई र ६ महिनादेखि ५ बर्षका बालबालिकाहरुलाई भिटामिन खुवाइँदैछ ।

मकवानपुर जिल्लामा भिटामिन ए जिल्लाका ४२ हजार बालबालिकालाई खुवाइने र जुकाको औषधी ४७ हजार बालबालिकालाई खुवाउने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरकी अधिकृत अम्बिका पाण्डेले जानकारी दिनुभयो । खोप कार्यक्रममा जिल्लाभर चार सय ६१ जना स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गरिएको उहा“ले बताउनु भएको छ ।