हेटौंडाः हेटौंडा–१९, सान्नानिटार नजिक राप्तीखोलामा एकजना पुरुषको शव भेटिएको छ । मंगलबार दिउँसो १२ बजेको समयमा भेटिएको शवको नाम, थर, वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुषको शव प्रहरीले हेटौंडा अस्पतालको शवगृहमा ल्याई राखिएको जनाएको छ । गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो (फुलेको) कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेलिएको सेतो रंगको हाफ भेष्ट लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।