हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगर क्षेत्र भित्रका साविक ११ वडा भित्र रहेका भत्ता प्राप्त गर्ने नागरिकलाई भत्ता वितरण गर्न लागेको हो । उपमहानगरपालिकाले जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक दलित भत्ता, एकल तथा विधवा क र ख वर्गका महिला तथा दलित बालबालिकाहरुको चौमासिक भत्ता वितरण गर्न लागेको छ ।

उपमहानगरपालिकाले खाता अद्यावधिक रहेका लाभग्राहीहरुले तोकिएको बैंकमार्फत् भत्ता लिन अनुरोध गरेको छ ।आगामी मंसिर १५ गतेदेखि उपमहानगरपालिकाले भत्ता वितरण गर्न लागेको हो । दशैंअगाडि वितरण गर्नुपर्ने भत्ता कोरोना महामारीका कारणले केही ढिलाई भएको बताइएको छ ।