बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सभाहलको शिलान्यास गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सभाहल निर्माणको आज शिलान्यास भएको छ । आज बिहान एक कार्यक्रमका बिच बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपालिकाहाता भित्र रहेको खाली स्थानमा सभा हल निर्माणको शिलान्यास गर्नुभएको हो । ५ करोड २६ लाखमा सम्झौता भई आधुनिक सभाहल निर्माण गर्न लागिएको हो ।

मुख्यमन्त्री पौडेलले आधुनिक सभा हलको आवश्यकता भएका कारण सुविधा सम्पन्न प्रदेश स्तरिय हल निर्माण गर्न लागिएको बताउनुभयो । संरक्षण निर्माण कम्पनिले मुख्यमन्त्री कार्यालयको सभा हल २०७९ बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने भनि सम्झौता गरेको छ । कार्यक्रममा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल्, सामाजिक विकास मन्त्री युवराज दुलाल लागयत हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा लागयतको उपस्थिति रहेको थियो ।