हेटौंडाः लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय रुपमा मनाइने अभियान हरेक वर्ष नोभेम्बर महिनाको २५ तारेखदेखि सुरु भएर डिसेम्बर १० तारेखसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइने गरेको छ ।

यस वर्ष बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति मकवानपुरसँगै स्थानीय तहहरुले विविध कार्यक्रमको आयोजना गर्दैछ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । अभियानको पहिलो दिन आज साँझ हेटौंडाको बुद्धचोक र सुस्मिता चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।