प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा शिवराज गुरुङलाई पुरस्कृत गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले कार्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङलाई पुरस्कृत गरेको हो ।

प्रहरी सहायक निरीक्षक गुरुङले मकवानपुर जिल्लामा रहेर विभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको लगाएतका कार्यहरुको मुल्यांकनको आधारमा सार्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले गुरुङलाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरेको हो । प्रहरी सहायक निरीक्षक शिबराज गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।