हेटौंडाः मकवानपुरको १० वटै स्थानीय तहमा विद्यालय नर्सको रुपमा कार्य गर्न ८४ जनाले आवेदन दिएका छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मकवानपुरमा २० जना नर्सको लागि आवेदन माग गरेकोमा ८४ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक ४ जनाले भने कागजपत्र पुरा अपलोड नगरी आवेदन दिएका कारण कागजपत्र पुर्याएर आवेदन दिनुपर्ने भएको छ । चालु वर्ष २०७७/७८ को लागि मकवानपुरको १० वटा स्थानीय तहका २ सरकारी विद्यालयको लागि मन्त्रालयले २० जना नर्स उपलब्ध गराउन लागेको हो ।