हेटौंडाः उमेरले ७० वर्ष पुग्नुभयो । काम गर्ने जोस उमङ्ग उही । हेटौंडाको हुप्राचौरमा शुक्रबार देखि बदाम बेच्न सुरु गर्नुभएको जयनारायण न्यौपाने । शनिबार दिउँसो मान्छेहरुको चहलपहल हुप्राचौरमा देखिन्न भन्नुहुन्छ । लक्ष्मी पुजारमा व्यस्त भइनाले आज ग्राहक नआउने चिन्ता पनि गर्नुहुन्छ ।
१ हजार रुपैयाँमा बदाम किनेर ५० रुपैयाँको पोका बनाई व्यवसाय सुरु गर्नुभएको ७० वर्षीय न्यौपानेले पहिलो दिनमै ५ सयको बिक्रि गर्नुभयो । बदाम बेच्न आफु हेटौंडा–५ सानोपोखराबाट हिडेर खुल्ला स्थान हुप्राचौरमा पहिलो पटक आएको बताउनुहुन्छ । उहाँले जिवनमा धेरै दुः ख भएपनि आफुले सकुन्जेल काम गर्नुपर्छ भन्नुभयो । अहिलेसम्म नगरेको काम घरमै बस्नु भन्दा केही गर्छु भनेर ७० वर्षको उमेरमा बदाम बेच्न सुरु गरेको उहाँले बताउनुभयो ।
सानो लगानीमा बदाम बेचेर व्यवसायमा लाग्दा आफु खुशी भएको उहाँको २ दिनको अनुभव छ । धेरै भिडभाड हुने भएकोले अन्यत्र नगएर हुप्राचौरमा बदाम बेच्न आएको उहाँले बताउनुभयो । उहाँले दिउँसो ४ बजेसम्म आफुसँग एकपटक हुप्राचौरमा बदाम किन्न पनि सबैलाई अनुरोध गर्नुभएको छ ।