हेटौंडाः हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई बेड सेट सहयोग प्राप्त भएको छ । चितवन जिल्ला निवासी “छोरीका लागि छोरी नै राष्ट्रिय अभियान” की केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश संयोजक मुना पाण्डेले ८ वटा लो बेड, २ वटा खाट, १५ वटा डसना, १५ वटा सिरक, १५ वटा तकिया र १५ वटा तन्ना सहयोग गर्नु भएको मामाघर नेपालले जनाएको छ ।

सहयोगी पाण्डे ।

सामाजिक सञ्जालमार्फत मामाघर नेपालबारे जानकारी प्राप्त भएपछि सहयोग प्रेरित भएको पाण्डेले बताउनुभएको छ । सडक बालबालिकाको उद्दार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई हरेक दिन जसो सहयोग प्राप्त हुने गरेको छ । उद्दार गरी संरक्षण गरिएका बालबालिकाहरु अतिरिक्त क्रियाकलापमा समेत सहभागी भई औपचारिक शिक्षा प्राप्त गरिरहेका छन् ।