सांकेतिक चित्रः गुगल ।

हेटौंडाः पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानीमा यात्रुबाहक बस र मालवाहक ट्रक ठोक्किदा बसमा सवार एकजनाको मृत्यु भएको छ । गएराति काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको यात्रु बोकेको बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रकले बसको पछाडिको भागमा ठक्कर दिँदा बसमा सवार एकजनाको मृत्यु भएको हो ।

सर्लाहीको ४० बर्षीय राजकिशोर रायको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ट्रक, बस र दुबै सवारीका चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।