Home मुख्य समाचार मामाघर नेपाल हेटौंडालाई जेसिआई हेटौंडाको सहयोग

मामाघर नेपाल हेटौंडालाई जेसिआई हेटौंडाको सहयोग

हेटौंडाः सडक बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको मामाघर नेपालको स्थापना दिवसको अवसरमा जेसीआई हेटौंडाले खाद्य सामग्री बितरण गरेको छ । जेसिआई हेटौंडाले भान्जाहरुका लागि आलु, चना, केराउ, सोयाबिन, भुजा, चाउचाउ, कपडा धुने साबुन, फुरनदाना, कोक र बोडीका साथै केशब दाहालले व्यक्तिगततर्फबाट नगद एक हजार सहयोगस्वरुप उपलब्ध गराउनुभएको छ ।

जेसिज अध्यक्ष राजदेव बनियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपाल मकवानपुर संस्थापक अर्पण पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विश्वप्रसाद गौतम, अरुणकुमार दाहाल, पवनकुमार कंसाकार, सुधिर दाहाल, विवेकआनन्द न्यौपाने, बिपिन ताम्राकार, लिसेन बस्नेत, केशब दाहाल, पुजन बिंडारी आदिको उपस्थिति थियोे ।

Exit mobile version