Home मुख्य समाचार नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं साधारणसभा मंसिर २६ गते हुने

नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं साधारणसभा मंसिर २६ गते हुने

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं साधारणसभा आगामी मंसिर २६ गते हुने भएको छ । बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नियमित बैठकले साधारणसभाको मिति तय गरेको हो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको बैठकले साधारणसभाको मिति तय गरेको हो ।

मकवानपुर जिल्लामा १ सय ३ पुरानो, ६० जना नयाँ र ३ जना सरुवा भई आएका गरी जम्मा १६६ सदस्य रहेका छन् । सबैको नवीकरण भइसकेको र सबै सदस्यहरुले साधारणसभामा भाग लिन पाउने नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पणले जानकारी दिनुभएको छ । साधारणसभा भएपछि संघ, प्रदेश र जिल्ला शाखाको चुनाव एकैचोटि आगामी फागुन ४ गते हुनेछ ।

Exit mobile version