Home मुख्य समाचार काठमाडौं टोखा नगरपालिका–११ का पदम बहादुर थापाको परिवारको खोजीमा मानवसेवा आश्रम

काठमाडौं टोखा नगरपालिका–११ का पदम बहादुर थापाको परिवारको खोजीमा मानवसेवा आश्रम

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेकोे मानवसेवा आश्रमको केन्द्रिय कार्यालयले उल्लेखनिय कार्य गर्दै आएको छ । सडक मानवहरुलाई आश्रममा ल्याएर आफ्नो परिवारसँग पुर्नमिलन समेत गराउँदै आएको छ । बुधबार हेटौंडा–१० बसपार्कबाट ७४ वर्ष बताउने पदम बहादुर थापालाई आश्रमले उद्धार गरेको हो ।

काठमाडौं टोखा नगरपालिका ११ घर बताउने उनको परिवारको पहिचान भएपनि पुष्टि हुन बाँकी रहेको मानव सेवा आश्रम हेटौंडाका होमनाथ पौडेलले जानकारी दिनुभयो । आधिकारीक रुपमा परिवारको पुष्टि भइनसकेका कारण परिवारको खोजीमा आश्रम लागिपरेको छ । परिवारबाट सामान्य खटपट परेपछि काठमाडौंबाट हेटौंडा सम्म आइपुगेका थापालाई आश्रमले आफ्नो परिवारसँग पुर्नमिलन गराउन प्रयास गरिरहेको जनाइएको छ ।

७४ वर्षिय थापाको कोरोना, एचआइभी लगायत स्वास्थ्य परिक्षण गर्दा सामान्य रहेको तथा अहिले स्वास्थ्य अवस्था ठिक भएको पौडेलले जानकारी दिनुभयो । परिवारको पुष्टि भएलगत्तै पुर्नमिलन गराउने प्रयास गर्ने उहाँले बताउनुभयो । ७४ वर्ष थापा भने आफ्नो परिवारसँग जान नचाहेको पाइएको छ ।

आश्रमले परिवारको सदस्यहरुसँग छलफल गरेर अगाढि बढ्ने जनाएको छ । वृद्धले आफ्नो परिवारका सदस्यहरुबाट भएको व्यवहारका कारण घर छाड्नुपरेको बताएका छन् । यद्यपि परिवारको खोजि गरेर आश्रम पुर्नमिलन गराउन सक्रिय रुपमा लागिपरेको छ ।

Exit mobile version