बुधबार सेमीफाइनल खेलअघि वार्मअप गर्दै हेटौंडा भेट्रान्सका खेलाडीहरु ।

हेटौंडाः बारा जिल्लाको जितपुरमा भइरहेको भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हेटौंडाको हेटौंडा भेट्रान्स विजयी हुँदै फाईनल चरणमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाईनल चरणमा सिमरा भेट्रान्सलाई टाईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

बाराको जितपुरमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हेटौंडा भेट्रान्सले वीरगन्ज भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल चरणमा पुगेको थियो । बिहीबार हुने फाइनल खेलमा उपाधीका लागि हेटौंडा भेट्रान्सले वीरगन्ज युवा भेट्रान्ससँग खेल्नेछ ।