Home मुख्य समाचार मकवानपुरमा २७ जना कोरोना सङ्क्रमित थपिए

मकवानपुरमा २७ जना कोरोना सङ्क्रमित थपिए

हेटौंडाः मकवानपुरमा बुधबार २७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार बिहान हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणमा १० जना महिला र १७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका नौ वटा वडाका १५ जना र बारा सिमराका २ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । आज ३१ जनाको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको उहाँले बताउनुभयो ।

Exit mobile version