हेटौंडाः जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी झिल्टुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले मङ्गलबार भवनको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक करोड ८२ लाख पैंतीस हजार रुपैयाँ लागतमा प्रहरी चौकी झिल्टुङको भवन निर्माण भएको हो । प्रहरी चौकी भवनमा कार्यालय, भान्सा र शौचालय रहेको छ ।
भवन उद्घाटन कार्यक्रममा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरि, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, प्रहरी नायव उपरीक्षक हरि बहादुर वली, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुङ्गान, राष्ट्रिय अनुसन्धान विभाग नुवाकोटका प्रमुख अनुसन्धान अधिकृत हेमन्त चौधरीलगायतको उपस्थिति थियो ।