Home मुख्य समाचार पूर्वसांसद लामाको निधनमा शोक व्यक्त गर्दै ईन्द्रसरोवर गाउँपालिकामा भोलि सार्वजनिक विदा

पूर्वसांसद लामाको निधनमा शोक व्यक्त गर्दै ईन्द्रसरोवर गाउँपालिकामा भोलि सार्वजनिक विदा

स्वर्गीय वीरबहादुर लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुहुँदै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल ।

हेटौंडाः पूर्वसांसद वीरबहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक विज्ञप्ति जारी गर्नुहुँदै ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका स्थायीवासी लामाको निधनप्रति दुख व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराउनुभएको छ ।

तत्कालिन नेकपा एमालेका केन्द्रीय नेता, जिविस मकवानपुरका पूर्वसभापति एवम् पूर्व सांसद लामा मिर्गौलामा समस्या भएपछि उपचाररत लामाको आइतबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको थियो । मंगलबार काठमाडौंको स्वयम्भुमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । नेकपाका वरिष्ठ नेता नेपालले लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

Exit mobile version