सांकेतिक तस्वीर ।

हेटौंडाः कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हेटौंडा–६ का ८२ वर्षीय वृद्धको गए राती चितवन जिल्लास्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

गत शनिबार कोरोना सङ्क्रमण पुष्टि भएर ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएका वृद्धको गएराती १ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।