हेटौंडाः मकवानपुरमा शुक्रबार बिहान ५६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा २८ महिला र २८ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

सङ्क्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४५ जना, मनहरी गाउँपालिकाका ७ जना, बागमती गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका १ जना र इलाम जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामा बस्दै आएका एकजना रहेको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।