फाइल तस्बिर । अस्मिता भट्टराई (प्रशिक्षार्थी)

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविले अनलाइनमार्फत विद्यार्थीको पठनपाठन नियमित गरिरहेको जनाएको छ । असार र साउन दुई महिना रेडियो मार्फत कक्षा ८, ९ र १० लाई प्रमुख विषयको पढाई सञ्चालन गरेको आधुनिकले अहिले अनलाइनमार्फत पठनपाठन गरिरहेको प्रधानाध्यापक बीरवंश बैठाले जानकारी दिनुभएको छ ।

६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरिएको छ । दुई हजार पाँच सय विद्यार्थी रहेको विद्यालयमा अनलाइन कक्षामा विद्यार्थीको सहभागिता सन्तोषजनक रहेको प्रधानाध्यापक बैठाको भनाइ छ । आधुनिक राष्ट्रिय माविले ५कक्षासम्मका विद्यार्थीलाई भने अभिभावकमार्फत गृहकार्य दिने र गृहकार्य परीक्षण गर्ने गरेको जनाएको छ । दशैं लगतै विद्यार्थीको मूल्यांकनका लागि परीक्षा समेत सञ्चालन गरिएको बताइएको छ ।