हेटौंडाः हेटौंडा–११, डाङ्डुङेस्थित मामाघर नेपाललाई सहयोग प्राप्त भएको छ । हेटौंडा–४ का जङ्ग बहादुर विश्वकर्माले पीता कालुमान बिश्वकर्माको मृत्यु संस्कारको १३ औं दिनको तिथिमा मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । बिश्वकर्मा परिवारले चामल २ बोरा, स्याउ ४० किलो, दाल ५ किलो, नुन ४ पाकेट ,आँटा ४ पाकेट, मिश्री ५ किलो सहयोग गरेको छ ।

यस्तै हेटौंडा–११ का कालुराम दर्लामी मगरको १० औं दिनको तिथिमा सङ्कलित खाद्यान्न मामाघर नेपाललाई सहयोग गरिएको छ । कालुरामकी श्रीमति पिमि सरा दर्लामी मगरले मामाघर नेपालमै पुगेर खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । मैदाको पिठो ५ पाकेट, स्याउ २० किलो, चिनी ५ किलो, डिउ ३ बोतल र म्याट ४ पिस सहयोग गर्नु भएको छ ।