हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डमा बिहीबार १ सय १० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । बिहीबार बिहान हेटौंडा–१०, स्थित गोरक्षेश्वर आइसोलेसनबाट ७६ पुरुष र ३४ महिलाको स्वाब नमूना सङ्कलन गरिएको हो ।
केही गाउँपालिकाबाट र अधिकांश हेटौंडा उपमहानगरपालिकाबाट स्वाब सङ्कलन भएको छ । सङ्कलित स्वाबको नमूना हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।