Home मुख्य समाचार ज्येष्ठ नागरिकलाई दशैंमा भत्ता

ज्येष्ठ नागरिकलाई दशैंमा भत्ता

हेटौंडाः समाचारहरुमा भुक्तानी भइसकेको चाडपर्व भत्ता सांसदहरुले फिर्ता गर्ने घोषणाको चर्चा भइरहेका बेला मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ज्येष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिँदै । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षाभत्ताको चौमासिक भुक्तानीअन्तर्गत चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको भुक्तानी ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राहीका लागि दशैं भत्ताको रुपमा उपयोगी हुने भएको छ ।

मकवानपुरका १० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको छ भने हेटौंडा उपमहानगरसहित केही स्थानीय तहले दशैंअघि सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेन । दशैंअघि सामाजिक सुरक्षाभत्ता पाएका ज्येष्ठ नागरिकले दशैंका बेला आफ्ना नातानातिनीलाई आफ्नै आम्दानीको पैसाले दक्षिणा दिन पाउने भएपछि निक्कै खुसी व्यक्त गरेका छन् ।

Exit mobile version