प्रहरीले नियन्त्रणमा लिएका चालकसहित अन्य दुईजना ।

हेटौंडाः डिभिजन वन कार्यालय पालुङ मकवानपुरले अवैध रुपमा ढुवानी गर्न लागेको जडिबुटीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार थाहा नगरपालिका–७, स्थित डाँडाखर्कबाट जडिबुटी बोरामा लुकाईछिपाई लोड गरी डाँडाबासतर्फ आउँदै गरेको बा ४ ख ९६३२ नम्बरको आइचर गाडिलाई पालुङ प्रहरीसहितको टोलीले सोही स्थानको गैरीगाउँ राम्चेमोडबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको जटिबुटीसहितको ट्रक ।

अवैध रुपमा ढुवानी गर्न लागेको जडिबुटीसहित ट्रकचालक थाहा नगरपालिका–७ का १९ वर्षका राजकुमार गोले, ट्रकमा सवार सोही स्थानका ५१ वर्षका बुद्धिलाल थिङ र १८ वर्षका रमेश थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा पठाइएको छ । शंकास्पद वन पैदावर जडिबुटी गाडिमा लोड हुँदै गरेको सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय पालुङ र पालुङ प्रहरी सक्रिय भएको थियो ।