हेटौंडाः मकवानपुर जिल्लामा थप ११४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ५७ महिला र ५७ पुरुष छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९३ जना, मनहरी गाउँपालिकामा ८ जना, भीमफेदी गाउँपालिकामा २ जना, बागतमी गाउँपालिकामा १ जना, बकैया गाउँपालिकामा २ जना, मकवानपुरगढी गाउँपालिकामा ३ जना र मकवानपुर जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका ५ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ ।

हेटौंडा–११ मा ३० जना, हेटौंडा–४ मा १९ जना, हेटौंडा–५ मा १३ जना सङ्क्रमित भएका छन् ।