हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–१ का हेलिस मोक्तानले आफ्नो जन्मदिन हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपालमा मनाउनुभएको छ । आफ्नो २५ औं जन्मदिनको अवसरमा बिहीबार मामाघर नेपालमा पुगेर जन्मदिन मनाउनुका साथै पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई हरेक दिनजसो सहयोग प्राप्त हुने गरेको छ । समुदायबाट स्वतःस्फूर्त रुपमा प्राप्त हुने सहयोग नै मामाघर नेपालको नियमित सञ्चालनको प्रमुख स्रोत हो ।