गुगल तस्बिर ।

हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको सम्पूर्ण सेवा आजदेखि ५ दिनको लागि बन्द भएको छ । आजदेखि कार्तिक ३ गतेसम्म सेवाग्राहिहरुलाई प्रदान गरिने उद्योग/ वाणिज्य फर्म दर्ता, नवीकरण, नामसारी, ठाउँसारी लगायतका सम्पूर्ण सेवाहरु ५ दिनका लागि बन्द गरिएको कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताउनुभयो ।

कार्यालयको १ जना कर्मचारीमा कोरोना पुष्टि भएसँगै आजबाट सबै सेवाहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको आन्तरिक कार्य भने भौतिक दूरी कायम गरेर सञ्चालन भइरहेको छ । कार्यालयको सबै सेवा बन्द भएपछि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा बजार लगायत अन्य क्षेत्रमा हुने गरेको बजार अनुगमन पनि प्रभावित भएको छ ।

घरेलु उद्योग तथा साना कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालका अनुसार अब केही दिन अनुगमन प्रभावित हुने भएको हो । यसअघि घरेलुको समन्वयमा हेटौंडा बजार, पदमपोखरी लगायत अन्य स्थानहरुमा संयुक्त बजार अनुगमन हुँदै आएको थियो ।