हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ७ भिरकोटमा वडा दसैंको अवसरमा हरेक वर्ष हुने वडास्तरीय फुटबल प्रतियोगिता यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण फूटबल प्रतियोगिता आयोजना गर्न नसकिएको बकैया गाउँपालिकाको खेलकुद विकास समितिका सदस्य राजकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

कोरोना सङ्क्रमणको जोखिमको अवस्था हेरेर दशैं तिहार पछाडि प्रतियोगिता आयोजना गर्ने पनि तिमल्सिनाले बताउनु भएको छ । ७ नम्बर वडा समितिले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको ७ नम्बर वडाको खेलकुद समितिका अध्यक्ष देव मोक्तानले जानकारी दिनुभयो । गत वर्षको दशैंमा बकैया गाउँपालिका वडा नम्बर ७ ले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस वर्ष भने खेलकुदका लागि वडाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको ७ नम्बर वडा कार्यालयका अध्यक्ष रामकाजी लामिछानेले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!