रघुनाथ खुलाल, प्रमुख, जिल्ला समन्वय समिति मकवानपुर

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले असोज २५ गते आइतबार जिल्लाका स्थानीय तहहरुको वार्षिक समीक्षासहितको जिल्ला समीक्षा गोष्ठीको आयोजना गर्‍यो । समीक्षा गोष्ठीमा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहले आआफ्नो आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यप्रगति प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रस्तुतीमा स्थानीय तहका सकारात्मक पक्ष र समस्याका बारेमा धेरै कुरा जानकारी हासिल भएको र समीक्षाका क्रममा स्थानीय तहलाई आवश्यक सुझाव समेत दिइएको बताउनुहुन्छ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । जिल्ला समीक्षा गोष्ठीकै सन्दर्भमा रहेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसँग गरिएको कुराकानी बिहीबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र बिहीबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ ।

रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।