Home अन्तरवार्ता रेडियो निकास संवादमा जिसस प्रमुख रघुनाथ खुलाल

रेडियो निकास संवादमा जिसस प्रमुख रघुनाथ खुलाल

रघुनाथ खुलाल, प्रमुख, जिल्ला समन्वय समिति मकवानपुर

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले असोज २५ गते आइतबार जिल्लाका स्थानीय तहहरुको वार्षिक समीक्षासहितको जिल्ला समीक्षा गोष्ठीको आयोजना गर्‍यो । समीक्षा गोष्ठीमा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहले आआफ्नो आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यप्रगति प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रस्तुतीमा स्थानीय तहका सकारात्मक पक्ष र समस्याका बारेमा धेरै कुरा जानकारी हासिल भएको र समीक्षाका क्रममा स्थानीय तहलाई आवश्यक सुझाव समेत दिइएको बताउनुहुन्छ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । जिल्ला समीक्षा गोष्ठीकै सन्दर्भमा रहेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसँग गरिएको कुराकानी बिहीबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र बिहीबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ ।

रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version