Home अर्थ/व्यापार मकवानपुरगढीको कृषि सहकारीलाई धान काट्ने मेसिन हस्तान्तरण

मकवानपुरगढीको कृषि सहकारीलाई धान काट्ने मेसिन हस्तान्तरण

केही दिनअघि मकवानपुरगढी गाउँपालिकाले अनुदानमा वितरण गरेको मेसिनले धान काट्नु हुँदै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन हस्तान्तरण गरेको छ । प्रमुख बालीको रुपमा रहेको धानबाली भित्र्याउने समय सुरु भएसँगै मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका दुईवटा कृषि सहकारीलाई धान काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रीकरण प्रवद्र्धन गर्ने क्रममा अनुदानमा मेसिन वितरण गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै मेसिन चलाएर धान काट्ने कार्यको पनि आरम्भ गर्नुभएको छ । गढी गाउँपालिकामा पहिलोपटक मेसिन प्रयोग गरेर धान काट्न सुरु गरिएको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभएको छ । गाउँपालिकाले मकवानपुरगढी–३ स्थित श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड र मकवानपुरगढी–६ स्थित एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक सहकारी संस्था लिमिटेडलाई धान काट्ने मेसिन हस्तान्तरण गरेको हो ।

सहकारीकी व्यवस्थापक गीता लम्साललाई धान काट्ने मेसिनको चाबी हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष विदुर हुमागाई ।

श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडकी प्रबन्धक गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष बद्रिप्रसाद दाहाललाई धान काट्ने मेसिन हस्तान्तरण गरिएको हो । मेसिन हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको ५ नम्बर वडाध्यक्ष जीतबहादुर घिमिरे, ६ नम्बर वडाध्यक्ष टिकाप्रसाद दाहाल, वडा सदस्यहरु, सहकारीका प्रतिनिधी र कृषकहरुको सहभागिता रहेको थियो ।

Exit mobile version