हेटौंडाः हेटौंडा–११, नवलपुरका सन्तोष चौलागाईले जन्मदिनको अवसरमा आइतबार मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक एवम् जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहनुभएका चौलागाईले जन्मदिनको अवसरमा मामाघर नेपाललाई १० थान व्ल्याङ्केट सहयोग गर्नुभएको हो ।

सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई सहयोग गर्ने क्रममा चौलागाई आफ्ना बुबा भीमसेन चौलागाई र आमा भक्तकुमारी चौलागाईका साथै साथीभाईहरुसँग मामाघर पुग्नुभएको थियो । हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई हरेकदिन जसो सहयोग प्राप्त भइरहेको छ । समुदायस्तरबाटै प्राप्त सहयोगबाट सञ्चालित मामाघर नेपाल अहिले आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालनमा रहेको छ ।