सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–६, चौघडामा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हेटौंडा–६, चौघडास्थित रोहणी एण्ड स्वस्तिक हाउजिङ कोलोनीमा करेन्ट लागेर नवलपुर जिल्लाको कावासोती–११ का ३० वर्षीय ऋषिराम पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि चुरेहिल अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषित गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।